Saturday, September 20, 2008



दुई शब्द पुष्प तिम्रो जन्म दिनमा
a
a
a
a
a
a
न्जान, अज्ञात अनि अपरिचित थियौ त्यस दिन तिमी तर पनि अपेक्षित थियौ


नूतन नयनहरु मात्रिबत्सल्यबाट पहिलो पटक उघार्दा चमकीरहेको तिमी नूर थियौ


सुमंगल तिम्रो पदार्पणमा सींगो मेरो संसार सुभाषित भए झै भयो


याचना मेरो युग धर्मको तिम्रो आगमनमा छोरी पुरा भएको थियो


वाटिका मेरो सजियो तिमी सानी बासन्ती कोपिला संग संगै


सुबोध लागेको छ जीवनका रीतहरु तोते बोलीका उत्तरहरु संगै


घिस्रदै गरेको जीवन रथमा तिमीले भरेको मधुरतालाई साधुवाद दिदै


मिठासपूर्ण ममता अनि छचल्किएको माया सजाई मन भरी


रेगिस्तानबाट यस बाबुको शब्द पुष्प उपहार सहित जन्म दिनको सुभकामना मुरी मुरी !!!
d
d
२०६५ साल असोज ४ गते शनिबार कोरिया

Sunday, September 7, 2008


तिम्रो इ-मेलको जबाफ


बर्खे सत्रको लोडशेडिंग संगै

मेरो खाममा आएको तिम्रो इमेल लाई साधुबाद,

एक पछि अर्को तिम्रो प्रश्न ले मलाई छुटाउन गारो भएको छ

यो मेरो सम्झना थियो वा तिम्रो संदेह
मलाई दिएको बधाई खोई कसरी लिउ
बिदेश पढाई को मने सफलता हो भनी नबुझेको बेला,
मेरो देशको पछोउटेपनमा अरुले दया पस्कियेको बेला
हामी एउतै दुंगा थियौ आहिले म क्रुज मा छू,
तिमी प्वाल परेकै दूंगामा रुमल्लिई रहेका छौ भनी
मेरो हैसियतामा अरुहरुले औला ठदाएको बेला ,

म बिदेश तिरै हराउने हो की भन्ने तिम्रो आशंका जायजै होला

मैले तिमीलाई भनिन होला,

म त त्यहीँ हूदा हराएसकेको थिए,

यहाँ आएर आफुलाई खोज्दै छू,

कता कता भेट्न थालेको छू,

खोज्दै छू

अझै सगरमाथाको रुपमा

हराएको बुद्धको रुपमा

अनी स्वाभिमानी नेपालीको रुपमा

सबै कुरा बिकाऊ मानने सर्बभौतिक दुनियाको मान्यता संग

म पनी तिमी जस्तै सहमत छैन

त्यसैले अहिले सम्म हराइहालेको भने छैन


मैले देश बिर्सने भन्ने प्रश्न गरिछौ

मेटियेका देशहरु भेतीरहेका बेला

फुच्चे ग्लोब घुमाउदा पनी सजिलै देखिने मेरो देश

मेरो मन बाट कसरी मेतिन सक्छ र?

मैले नेपालमा मधेसी र मधेश पाए

पहाडे र पहाडे पाए

थारू र थरुहट पाए,

लिम्बू र लिंबुवान पाए

यी र यस्तै अरु धेरै पाए

नेपाल कतै पाइन

कही पाइन

कहिले पनी पाइन

तर आश्चर्य

यहाँ त नेपाली र नेपाल दुबै पाए

सींगो संग्लो र सग्लो पाए

संका र संदेह हैन, संकल्प र सद्भाब पाए

बिश्वास गर,

फर्किदा तिमीलाई पनी आलिकती नेपाल लेर आउने छू.


मैले धेरै ज्ञान आर्जन गरेको तिम्रो प्रश्न छ

म तिनै बिद्वानहरुलाई पढ्दै छू,

जसको एउटा पाइला पनि बिश्वाबिध्यालायामा परेन

तर जीवन र जगत लाई बुझ तिनीहरुले

म भने जीवन र जगत लाई बिर्सेर

किताबका पाना पढ्दै छू

मेरो झोला प्रमाणपत्रले भारिदै जादा

अनी दिमाग चेतना सुन्य हुदै जादा

अध्ययनको औचित्य खोज्न थालेको छू,

आशा छ, यस यात्रा म तिम्रो साथ पाउने छू


अन्त्यमा
म भन्दा प्यारो कोही भेटियो की भन्ने तिम्रो प्रश्न रहेछ
भौतिक उपस्थिति भन्दा सबल
तिम्रा याद्हरूले
तिम्रो अभाव हुन कहिले पनि दिएन
तिम्रो चोखो मायालाई
चुनौती दिने हिम्मत कसैको नभएर होला सायद
अहिले सम्म कोही पनि भेटिएको छैन
फेरी पनि कोही लागि परेछ भने
अर्को इमेलमा ख़बर गरुला
अहिले यत्ति नै
छोरी लाई माया, तिमीलाई समझना
उही तिम्रो जे बी

2009-09-07

Seul

South Korea